फर्निचर फर्निसिङका उत्पादनको मेला ‘फर्नेक्स २०२३’ को दोस्रो दिन, यस्तो छ चहलपल (फाेटाेफिचर)


काठमाडौँ । फर्निचर तथा फर्निसिङजन्य उत्पादनको बृहत मेला फर्नेक्स २०२३ हिजो (बुधबार)देखि सुरु भएको हो। राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालले नवौं संस्करणको एक्स्पोको उद्घाटन गरेका हुन् ।

नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष दिनेशकुमार अग्रवालले फर्निचर तथा फर्निसिङमा काम गर्ने दक्ष कामदारको अभावले उद्योग नै धरासायी बन्ने सम्भावना बढ्दै गएको बताए । उनले पछिल्लो समय दक्ष जनशक्तिको अभावको कारण उत्पादन क्षमता समेत घट्दै गएको बताए । उनले सीप र तालिमको अभावले फर्निचर तथा फर्निसिङका सामानहरू लोप हुने सम्भावना बढेको बताए ।

१०० भन्दा बढी स्टलहरू रहेको एक्स्पोमा फर्निचर तथा फर्निसिङ सामग्री, उत्पादक, आयातकर्ता, वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिलर र व्यवसायीहरूले आफ्ना उत्पादन तथा सेवाका बारेमा जानकारी तथा बिक्री बितरण गर्नेछन्। एक्स्पो स्थलमा नै सामान खरिद बिक्री गर्नका लागि खुल्ला बजार समेत सञ्चालन गरिएको छ भने अवलोकनकर्तालाई एक्स्पो निशुल्क प्रवेश गर्ने व्यवस्था गरिएको छ।

मेलामा ५० हजार भन्दा बढी अवलोकन गर्ने अपेक्षा आयोजकले लिएको छ ।एक्स्पोले राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्रान्डहरूलाई साझा प्लेटफर्म प्रदान गरी उपभोक्तासम्म पुग्न लागि सहज मार्ग निर्देशन गर्ने संघकाे विश्वास छ।

ग्राहकहरूलाई एउटै प्लेटफर्ममा राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीद्धारा उत्पादित विभिन्न सामाग्रीहरू उपलब्ध गराउन यो एक्स्पो महत्वपुर्ण हुने अपेक्ष गरिएको छ।