आइएमई पे बाट एसआइपी भुक्त्तानी सजिलै गर्न सकिने


काठमाडौँ । आइएमई पे मार्फत सेवाग्राहीहरूले सजिलै आफ्नो सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआइपी) को रकम भुक्तानी गर्न सक्ने भएका छन् । एसआइपी भुक्तानी सेवा प्रदान गर्न आइएमई पेले एन आई सी एशिया क्यापिटल तथा कुमारी क्यापिटल सँग सम्झौता गरेको छ।

सम्झौता अन्तर्गत अब आइएमई पेका सेवाग्राहीहरूले एन आई सी एशिया क्यापिटलको एनआर्इसी एसिया डाइनामिक डेब्ट फण्ड तथा कुमारी क्यापिटलको कुमारी सुनौलो लगानी येजनाको एसआइपी इन्स्टलमेन्ट तथा युनिट पर्चेजको भुक्तानी गर्न सक्ने जनाइएको छ ।

पछिल्लो केही समय यता पुँजी बजारमा एसआइपी लोकप्रिय बन्दै आईरहेको र यसको भुक्तानीलाई थप सहज पार्दै आइएमई पे ले आफ्नो सेवाग्राहीहरुको लागि यो सेवा सुचारु गरेको आइएमई पे का सीइओ प्रवीन रेग्मी ले बताएका छन्।