कर्मचारीलाई बोनस बाँड्ने आयल निगमको घाटा के हो? :रवि लामिछाने


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आयाल निमगमाथि प्रश्न उठाएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कर्मचारीलाई बोनस बाँड्नले सधैं घाटामा छु भन्दै मूल्यवृद्धि गरेको भन्दै प्रश्न उठाएको हो ।

उनले भने, ‘आयल निगम आयात पनि आफैं गर्छ । व्यापार पनि आफैं गर्छ । नियामक निकाय पनि उही हो । सबै कुरा आफैं गर्छ । कर्मचारीलाई बोनस बाँड्न भ्याउँछ । तर, सधैं घाटामा छु भन्छ । घाटा के हो ? निर्क्योल गरियोस् । अन्तर्राष्ट्रिय बजारअनुसार मूल्यवृद्धि भएको हो भने घटेका बेलामा मूल्य घटाउन दुईतीन दिन किन लगाउँछ ?’

त्यस्तै लामिछानेले प्रधानमन्त्रीमाथि व्यंग्य पनि गरेको थिए । उनले भने, ‘प्रधानमन्त्रीले चाइनबाट आउँदा मुड फ्रेस गरेर आउनु भएको रहेछ । तर आउँदा आउँदै जनताको मुड अफ गरिदिनु भयो मूल्य वृद्धि गरेर फेरि मुड फ्रेस गराउने काम गर्नुभएको छ । त्यसको लागि धन्यवाद दिन्छु ।”