पुशपतिनाथमा जलहरी चढाउँदा भ्रष्टाचार भएकाे अख्तियारकाे निष्कर्ष,विशेष अदालतमा मुद्दा दायर


काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिमा जलहरी चढाउँदा भ्रष्टाचार भएको ठहरसहित विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।

पशुपति क्षेत्र बिकास कोषका तत्कालीन सदस्य सचिब डा. प्रदिप ढकाल र कोषका तत्कालीन कोषाध्यक्ष हालका सदस्य सचिव डा. मिलन कुमार थापालाई रु.१,१७,०१,७८१.८५ (एक करोड सत्र लाख एक हजार सात सय एकासी रुपैया पचासी पैसा) बिगो कायम गरी आज मुद्दा दायर गरेको हो ।

आयोगले उनीहरूले जलहरी राख्ने क्रममा एक किलो ४९१.७१८ ग्राम सुन हिनामिना गरेको निष्कर्ष निकालेको छ ।

त्यसबापतको १ करोड १७ लाख १ हजार ७८१ रुपैयाँ ८५ पैसा भ्रष्टाचार गरेको आरोप लगाउँदै अख्तियारले मुद्दा दायर गरेको हो ।

यस्तै पशुपति क्षेत्र बिकास कोषमा कार्यरत बिशेट नाईके (स्टोरकिपर) अरुण कुमार श्रेष्ठ विरुद्ध पनि मुद्दा दायर भएको छ ।