अर्थतन्त्रमा समस्या आएपछि सरकारले पर्याप्त खर्च गर्न सकेन: विश्व बैंक


काठमाडौँ । अर्थतन्त्रमा समस्या आएपछि सरकारले पर्याप्त खर्च गर्न नसकेको विश्व बैंंकले जनाएको छ । बैंकले अर्ध वार्षिक रुपमा सार्वजनिक गर्ने प्रतिवदेन अनुसार सरकारको खर्च क्षमता कमजोर भएको पाइएको हो ।

विश्व बैंकको तथ्यांक अनुसार सन् २०२३ को आर्थिक वृद्धिकमा सरकारी खपतको हिस्सा ३५.२ प्रतिशतले घटेको छ । विश्व बैंकले सन् २०२३ मा आर्थिक वृद्धि १.९ भएको भनिरहँदा सरकारी खपतको हिस्सा ३५.२ प्रतिशत, आयातको हिस्सा १७.२ प्रतिशत र स्थिर पुँजी लगानी १०.९ प्रतिशतले घटेको विश्व बैंकले उल्लेख गरेको छ ।

सन् २०२३ को आर्थिक वृद्धिमा सबैभन्दा बढी हिस्सा निर्यातको रहेको रहेको छ । विश्व बैंकको तथ्यांक अनुसार निर्यातको हिस्सा ५.५ प्रतिशत र निजी क्षेत्रको खपतको हिस्सा ४.१ प्रतिशत रहेको छ ।

सन् २०२४ मा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत हुने अनुमान गरेको छ । विश्व बैंकले प्रतिवेदन सार्वजनिक गर्दै नेपालको आर्थिक वृद्धि सन् २०२४ मा ३.९ प्रतिशत र २०२५ मा ५ प्रतिशत हुने प्रक्षेपण गरेको हाे ।

नेपालको अर्थतन्त्र सन् २०२४ मा पनि समस्यामा नै रहने विश्व बैंकले प्रक्षेपण गरेको छ । २०२४ मा पनि सरकारी खपत ऋणात्मक नै रहने विश्व बैंकले प्रक्षेपण गरेको हो । २०२४ मा आार्थिक वृद्धिमा अन्य क्षेत्रहरु सकारात्मक रहेपनि सरकारी खपत भने १९.३ प्रतिशतले घट्ने विश्व बैंकले प्रक्षेपण गरेको छ । तर यो सन् २०२५ मा भने ८.५ प्रतिशतले आर्थिक वृद्धिमा योगदान गर्ने उल्लेख गरिएको छ ।

सन् २०२४ मा निजी क्षेत्रको खपत ३.७ प्रतिशत स्थिर पुँजी लगानी १४.५ प्रतिशत, वस्तु तथा सेवाको आयात १२.१ प्रतिशत र वस्तु तथा सेवाको निर्यात १०.३ प्रतिशले आर्थिक वृद्धिमा योगदान पुर्याउने प्रक्षेपण विश्व बैंकले गरेको हो ।