राष्ट्र बैंकले घटायाे अटाे कर्जाकाे जाेखिम भार


काठमाडौँ । नेपाल राष्ट्र बैंकले अटो कर्जाको जोखिम भार घटाएको छ।

नेपाल राष्ट्र बैंकले ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७९ परिमार्जन गरी २५ लाखसम्मको अटो कर्जाको जोखिम भार घटाएको हो।

यसअघि २५ लाखसम्मको अटो कर्जाको जोखिम भार १५० प्रतिशत रहेकोमा घटाएर १२५ प्रतिशतमा झारिएको हो। योसँगै मन्दीमा रहेको अटो बजार केही हदसम्म चलायमान हुने व्यवसायीहरूकाे भनाइ छ ।