दशैँको अवसरमा माईपे मेला हुदैँ


काठमाडौँ । माईपे इभेन्टस्को आयोजनामा दशैँको अवसरमा एक दिने माईपे मेला कार्यक्रम गर्ने भएको छ । असोज २६ गते शुक्रबार दरबारमार्ग स्थित होटल अन्नपूर्णमा माईपे इभेन्टस्को आयोजनामा उक्त मेला हुन लागेको जनाइएको छ ।

आयोजकका अनुसार मेलामा नेपालका चर्चित गायक सुगम पेखरेल, द इलिमेन्टस्, कब वेब, सनुप पौडेल, अनिल रिजाल लगायतका गायकहरुको प्रस्तुती रहने छ ।

केहि दिन अघि मात्रै माईपे इभेन्टस्ले बलिउडका चर्चित गायक कैलाश खेरलाई नेपाल ल्याएर पहिलो संगितिक कार्यक्रम गरेको थियो । त्यस लगत्तै उसले दोस्रो संगितिक कार्यक्रम स्वरुप माईपे मेला गर्न लागेको हो । मेलामा खानाको च्यालेन्ज, चङ्गा डिजाइन, म्याजिक सो लगायत साङ्गीतिक कार्यक्रमहरु रहनेछन् ।

आगामी शुक्रवार हुने उनको प्रस्तुती हेर्न माईपे डिजिटल वालेट तथा माईपे इभेन्टस्को बेवसाइटबाट टिकट लिन सकिने आयोजकले जनाएको छ । पहिलो १०० टिकट लिनेलाई विशेष छुटका साथ माईपेले टिकट सार्वजनिक गरिसकेको उल्लेख गरेको छ ।