सोमबार प्रतितोला एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य


काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ ।

मंगलबार सुन प्रतितोला १ हजार रुपैयाँले बढेर छापावाला सुन १ लाख ८ हजार ६ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

हिजो आइतबार सुनको मूल्य ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ७ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको म्रल्य पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ३४५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा २० रुपैयाँले बढेर चाँदी १ हजार ३३० रुपैयाँमा किनबेच भएको थियो।