चीनकाे छिन्दौ सहरमा सञ्चालित प्रर्दशनी केन्द्रमा नेपाली उत्पादन लैजान सम्झौता


काठमाडौँ । चीनको साँन्दोङ प्रान्तको छिन्दौ सहरमा सञ्चालित प्रर्दशनी केन्द्रमा नेपालका उत्पादन लैजान छिन्दौ नेपाल चाइना टुरिजम इन्डस्ट्री कम्पनीले सम्झौता गरेको छ ।

नेपालका जडिबुटी,हस्तकला सामाग्रीहरू तथा कृषि उत्पादनका सामाग्री लगेर प्रर्दशनी तथा बिक्रीका लागि कम्पनीले विभिन्न व्यावसायीसँग सम्झौता गरेको हो ।

नेपालका तर्फबाट बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र काठमाडौँ महानगरपालिका वडा नं. ३ का अध्यक्षले सम्झौता गरेका छन् । संघाइ करर्पोसन अर्गनाइजेसनद्धारा निर्मित प्रर्दशनी हलमा यी सामानहरू प्रर्दशनी हुनेछन् ।

नियमित रुपमा हुने सो एस्क्पोमा प्रदर्शनी गर्दा निर्यात प्रबद्र्धनमा मद्दत पुग्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले बताए । गत शुक्रबार काठमाडौँमा आयोजित यस सम्बन्धि जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै मन्त्री रिजालले नेपाली उद्यमी व्यवसायीहरूले उत्पादन गरेका वस्तु चीनमा लगेर एक्स्पोमा देखाउन र बिक्री गर्न पाउँदा नेपालको आर्थिक क्षेत्रमा ठूलो योगदान पुग्ने बताए ।

मन्त्री रिजालले छिमेकी राष्ट्रमा उत्पादित वस्तु निर्यात गर्दा नेपालको अर्थतन्त्रमा सुधार हुनेदेखि विदेशी मुद्राको आयआर्जन समेत बढ्ने विश्वास व्यक्त गरे । उनले भने,“नेपालमा उत्पादन भएका वस्तुहरु चीन लगेर प्रर्दशन गर्नुृ नेपालको लागि अत्यन्तै खुशीको विषय हो । यसको लागि चीन सरकारलाई धन्यवाद दिन चाहन्छु ।”

मन्त्री रिजालले नेपाली उत्पादकलाई आफूहरुले उत्पादन गर्ने वस्तुहरु बढाएर आउँदा दिनहरु अझैबढी सामाग्रीहरु निर्यात गरेर चीनमा प्रर्दशन गर्नको लागि पठाउन अग्रह समेत गरेका छन् ।

कार्यक्रममा बोल्दै काठमाडौँ महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष प्रेम थापाले स्थानीय तहका नागरिकले उत्पादन गरेका सामान चीन निर्यात गर्दा सम्बन्ध र आर्यआर्जनमा थप नयाँ आयम सिर्जना हुने बताए ।

“यो हाम्रो लागि सुरुवात हो, अन्त्य होइन्,” थापाले भने, “यो टिमसँग हामीले सहकार्य गरेर आउँदा दिनमा नेपाली बजारमा उत्पादन भएका वस्तुलाई चीन निर्यात गरेर देशलाई आत्मनिर्भरको बाटोमा ल्यौजान काठमाडौँ महानगरले सहयोग गर्ने छ ।”

उनले घरेलु उत्पादनदेखि अन्य सामानहरू चाइना लगेर बेच्न सके देश आत्मनिर्भर हुन सक्ने विश्वास व्यक्त गरे ।

छिन्दौ नेपाल चाइना टुरिजम इन्डष्ट्री कम्पनीका अध्यक्ष ज्यु द खाए तथा संयोजक ज्या छिङ् ल्याँङ्ले नेपालको उत्पादन चाइनमा बेच्नको लागि सहयोग गर्ने र उत्पादित वस्तुहरु सहज तरिकाले बजार व्यवस्थापन गराउन आफूहरु प्रतिवद्ध रहेको बताए ।

नेपालका उत्पादन सामानहरूलाई राम्रो मूल्यमा बेच्नको लागि विगतबाट नै सहयोग गर्ने उनको भनाई थियो । चाइना हस्पिटल प्रा.लिका अध्यक्ष समेत रहेका ज्या छिङ् ल्याँङ्ले भने,“नेपालको उत्पादन चीनमा निर्यात गर्दा दुई देशबिचको सम्बन्ध मजबुत हुुनुका साथै नेपालको लागि राम्रो आम्दानीको बाटो पनि हुने छ ।”

एक्स्पो सेन्टर विश्वभरबाट चीनमा विभिन्न वस्तु प्रदर्शनी केन्द्र यसै वर्षदेखि सञ्चालनमा आएको हो । केन्द्र कुल १ लाख ६८ हजार ८ सय वर्गमिटर क्षेत्रमा फैलिएको छ । नेपालले १ हजार वर्गमिटर क्षेत्रफलको हल पाएको छ ।

नेपालले पाएको हलमा नेपालका उत्पादन प्रदर्शन तथा बिक्रीवितरण हुँदै आएको छ । केही उत्पादन प्रदर्शन सुरु भएको र विस्तारै नेपालका उत्पादन बढाउदै जाने अध्यक्ष ज्या छिङ् ल्याँङले जानकारी दिए ।

चीनको साँन्दोङ प्रान्तको छिन्दौ सहरमा सञ्चालित प्रर्दशनी केन्द्रमा नेपालकाे स्थल