सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढ्यो


काठमाडौं । साताको कारोबारको तेस्रो दिन पनि सुनको मूल्यमा वृद्धि भएको छ । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज बजारमा छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ९ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सोमबार पनि सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख ८ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले छ । हिजो चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको थियो ।