नेप्से परिसूचक १९ अंकले घट्दा सबै उपसमुह राताम्ये


काठमाडौं । साताको कारोबारको तेस्रो दिन सेयरबजारको गिरावट कायमै रहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक १९.०६ अंकले घटेर १८८९८.५९ अंकमा झरेको छ ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि ३.४५ अंकले घटेर ३६१.३१ अंकमा पुगेको छ ।

नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये सबै उपसमुहको सेयरमूल्य घटेको छ ।

मंगलबार कारोबार रकमका आधारमा सानिमा जीआईसी इन्स्योरेन्सको सबैभनदा धेरै कारोबार भएको छ । कम्पनीको २० करोड ३७ लाख ९४ हजार ९ सय ९१ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा अपर लोहोरे खोलाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ५.८६ अंकले बढेको छ ।

त्यस्तै आज बाराही हाइड्रोपावर पब्लिक कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ७.६४ अंकले घटेको छ ।

कुल २८२ कम्पनीको ४२ लाख ८७ हजार ४ सय २४ कित्ता सेयर कारोबार हुँदा १ अर्ब २८ करोड ३१ लाख ८२ हजार १ सय ४५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।