७५ प्रतिशतले घट्याे असनकाे व्यापार (फाेटाेफिचर)


दसैँ नजिकिएसँगै बजारमा किनमेल गर्नेको घुँइचो बढेको छ । असनमा मानिस जन्मेदेखि मृत्युसम्मका आवश्यक पर्ने रैथानेदेखि अधुनिक उपजसमेत पाइन्छ । यहाँका पसलमा ६ पुस्तादेखि व्यपार गरेकाहरू भेटिन्छन् ।

सबै किसिमका सामान पाइने भएकाले दसैँको किनमेल गर्ने धेरै उपभोक्ता असन बजार जाने गरेका छन् । बजारमा भिडभाड बढे पनि अहिले अर्थिक महंगीका कारण व्यपार घटेको छ ।
असनमा एक सारी व्यापारी लक्ष्मण खतिवडाका अनुसार पहिले दसैँमा दैनिक ७० देखि ८० हजारमसम्म व्यापार हुन्थ्यो भने कोरोनापछि दैनिक १० हजार पनि हुँदैन । उनी भन्छन् ७५ प्रतिशतले घटेको छ । भिडभाड छ तर व्यापार छैन । अर्थिक मन्दीको समयमा सामान र सटर महंगीका कारण दसैँपछि धेरैजसो सटरहरू खाली हुने उनी बताउँछन् ।

शब्द/तस्बिरः पुष्पा पाल