युनिलिभर नेपालले प्रतिकित्ता १ हजार ५८० रुपैयाँ लाभांस दिने


काठमाडौँ । युनिलिभर नेपालले प्रतिकित्ता १ हजार ५८० रुपैयाँका दरले नगद लाभांश दिने घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांस वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीका अनुसार शुक्रबार बसेको सञ्चालक समिति बैठकले लाभांश घोषणा गरेको हो । लाभांश घोषणा गरेको कम्पनीले मंसिर १२ देखि २६ सम्म बुक क्लोज गर्ने भएको छ ।

यो हालसम्मकै उच्च लाभांश रहेको जनाइएको छ ।