पठाओ र इनड्राइभका ८३ राइडर प्रहरी नियन्त्रणमा


काठमाडौँ। ‘अफलाइन’ यात्री बोक्ने पठाओ र इनड्राइभका ८३ राइडरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार साँझ जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले विभिन्न ठाउँबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

अफलाइन यात्रा गर्दा आपराधिक घट्ना हुने सक्ने भन्दै उनीहरूलाई नियन्त्रणमा लिइएको काठमाडौँ प्रहरीका एसपी कुमुध ढुंगेलले जानकारी दिए । पक्राउ परेकाहरूलाई काठमाडौँका विभिन्न प्रहरी कार्यालयमा राखिएको उनले बताए ।

पछिल्लो समय अफलाइन सवारी सुरक्षित नहुने भन्दै प्रहरीले ध्यानाकषर्ण गराउँदै आएको छ ।