अर्थतन्त्रका सूचकहरू सकरात्मक बन्दै छन् : अर्थमन्त्री


काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रका सूचकहरु विस्तारै सकरात्मक बन्दै गएको दाबी गरेका छन् ।

सोमबार महिला आर्थिक पत्रकार संघको उद्घाटन कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले अनेक समस्याका बाबजुत अर्थतन्त्रका सूचकहरु सकरात्मक देखिएको बताएका हुन्।

“विश्व नै आर्थिकसंकटमा परेको बेला नेपाल पनि अछुतो रहेन” अर्थमन्त्रीले भने “केही अफ्टयारो परिस्थितीका बाबजुत पनि हामी अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दै जानेछौं । सकरात्मक सूचकहरु देखिन थालेका छन् ।”

पछिल्लो समय विश्वका विभिन्न देशहरु द्धन्द्धमा फसिरहेका छन्, शक्ति राष्ट्रहरूले समयमै रोक्न सकेनन् भने विश्व अर्थतन्त्रमा ठुलो असर पर्ने अर्थमन्त्री महतले बताए ।

अर्थमन्त्री महतले बिस्तारै नेपालकाे अर्थतन्त्रमा सुधारका संकेतहरु देखिएको बताए ।

उनले भने “अर्थतन्त्रमा अझे केही अफ्ठ्याराहरु बाँकीरहेका छन् ति अफ्ठ्याराहरुलाई हामीसबै मिलेर समाधान गर्नुपर्छ । अर्थतन्त्रमा देखिएको समस्या अर्थमन्त्रालयले मात्रै गरेर सकिदैन सबैले राज्य संयन्त्रसँग जोडिएका निकायहरु तथा निजी क्षेत्रहरु मिलेर कोसिस गर्नुपर्छ ।”

निजी क्षेत्र, बैकिङ क्षेत्र लगायत सबै क्षेत्रहरुले पहल गरेमा अवश्य पनि समस्या समाधान अर्थमन्त्री डा. महतको भनाई छ ।
सरकार तथा अर्थमन्त्रलयको तर्फबाट भन्दा पनि सबैले सामुहिक अठोटकासाथ काम गर्‍यो भने अर्थतन्त्रमा देखिएको समस्या समाधान हुने अर्थमन्त्रीको विश्वास छ ।