एफपीओ जारी गर्न उन्नती सहकारीले पायो धितोपत्र बोर्डबाट अनुमति


काठमाडौं । नेपाल धितोपत्र बोर्डले उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थालाई एफपीओ निष्काशन गर्न अनुमति दिएको छ ।

बोर्डले कम्पनीलाई १०० रुपैयाँ अंकित दरका कुल १ लाख ७८ हजार ४ सय ५१ रुपैयाँ बराबरको एफपीओ जारी गर्र्न अनुमति प्रदान गरेको हो ।

यो लघुवित्तले २०७८ साल चैत १२ गते एफपीओ निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएको थियो। धितोपत्र बोर्डले गत असोज २६ गते स्वीकृति प्रदान गरेको हो।

कम्पनीले उक्त एफपीओको निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ ।