भदौमा आयो १ खर्ब १२ अर्ब रुपैयाँ रेमिट्यान्स


काठमाडौँ । गएको भदौ महिनामा १ खर्ब १२ अर्ब ४० करोड रुपैयाँ रेमिट्यान्स नेपाल आएको नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ । साउन महिनामा १ खर्ब १६ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो ।

विगत दस महिनादेखि नेपालमा मासिक १ खर्ब रुपैयाँभन्दाका दरले रेमिट्यान्स भित्रन थालेको हो ।

२०७९ मंसिरमा १ खर्ब २ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा त्यसयता प्रत्येक महिना १ खर्बभन्दा बढी रेमिट्यान्स नेपाल भित्रिएकाे देखिन्छ ।