दुई महिनामा ४.७५ अर्ब रुपैयाँ बराबरको धितोपत्र निष्काशनको लागि अनुमति


काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपाल धितोपत्र बोर्डले ४ अर्ब ७५ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनको लागि अनुमति दिएको छ ।

नेपाल राष्ट्रबैंकका अनुसार बोर्डले २ अर्ब रुपैयाँ बराबरको साधारण सेयर, १ अर्ब ५० करोड रुपैयाँ बराबरको म्यूचअुल फण्ड र १ अर्ब २० करोड बराबरको डिबेन्चर निष्काशनको लागि अनुमति दिएको हो ।

त्यस्तै चालु आर्थिक वर्षको दुई महिनामा .१७ अर्ब ३२ करोड रुपैयाँ बराबरको साधारण शेयर,१ अर्ब २० करोड रुपैयाँ बराबरको हकप्रद सेयर र.८२ करोड ६० लाख रुपैयाँ बराबरको बोनस सेयर गरी कुल १९ अर्ब ३५ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

गत भदौ मसान्तसम्ममा धितोपत्र बजार पँुजीकरण रु.२९६१ अर्ब ३४ करोड कायम रहेको राष्ट्रबैंकको तथ्यांकमा उल्लेख छ ।
२०८० भदौ मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २५५ पुगेको छ ।

सूचीकृत कम्पनीहरुमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ८२ जलविद्युत्कम्पनी, २० उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ६ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ४ अन्य समूहका रहेका छन्।

२०७९ भदौमा सूचीकृत कम्पनीहरूको संख्या २३९ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६४.२ प्रतिशत रहेको छ ।

जसमध्ये जलविद्युत्कम्पनीको हिस्सा ११.९ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.० प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.८ प्रतिशत, होटेलको हिस्सा ३.३ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.६ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.२ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८० भदौ मसान्तमा सूचीकृत ७ अर्ब ६३ करोड शेयर संख्याको चुक्ता मूल्य रु.७५३ अर्ब ३६ करोड रहेको छ ।