काठमाडौँ । नेपालका लागि अमेरिकी एसयूभी ब्रान्ड जिपको आधिकारिक बिक्रेता एमएडब्लु लाइफले आफ्नो सेभेन सिटर एसयूभी जिप मेरिडियनका डेलिभरी सुरु गरेको छ ।
जिपले काठमाडौँ नक्सालस्थित सोरुममा सोमबार आयोजना गरेको विशेष डेलिभरीमा एकै दिन तीन वटा मेरिडियन ग्राहकलाई हस्तान्तरण गरेको हो । जिप मेरिडियन लेजेन्डरी एसयूभी ब्रान्ड जिपको फोर बाइ फोर क्यापाबिलिटी भएको पहिलो सेभेनसिटर एसयूभी हो ।
कम्पनीका अनुसार नेपालमा मेरिडियनको टप भेरियन्ट लिमिटेड (ओ) मात्र उपलब्ध हुनेछ जसमा २.० लिटरको ‘मल्टिजेट डिजेल इन्जिन’ छ । यसको ‘नाइन–स्पिड अटोमेटिक ट्रान्समिसन’ले १६८ बीएचपी पावर र ३५० एनएम टर्क उत्पन्न गर्नेछ । यसमा ‘स्यान्ड’, ‘मड’, ‘स्नो’ र ‘अटो अप्सन’ रहेको ‘सेलेक–टेरेन’सहितको जिपको ‘लेजेन्डरी फोर बाई फोर सिस्टम’ रहेको छ ।
‘जिप मेरिडियन ‘एड्भेन्चर’ र ‘सोफिस्टिकेसन’को अनुपम मिश्रण हो जसमा धेरै ‘सेग्मेन्ट–फस्र्ट’ फिचरहरु छन् र यो ‘अनरोड’ र ‘अफरोड’ दुवैका लागि क्षमतावान् छ,’ एमएडब्लु लाइफका सीईओ जोजु जोस थट्टिलले भने, “पछिल्ला केही वर्षमा नेपाली अटो बजार सुस्त भए पनि जिपले नेपालमा आफ्नो विक्रीको गतिलाई कायम राखेकोमा हामी खुशी छौं । देशको अर्थतन्त्रको नकारात्मक प्रभाव अटो क्षेत्रमा भए पनि हामीले यो आर्थिक वर्षको पहिलो त्रैमासिकको सेल्स टार्गेटलाई हासिल गर्न सफल भएका छौं ।”
जिप मेरिडियन कठोर भौगोलिक अवस्थाका लागि जबरदस्त मात्र छैन सुन्दर पनि छ । जिपको ‘आइकनिक सेभेन–स्लट ग्रिल’, ‘डीआरएल’सहितको ‘पावरफुल एलइडी प्रोजेक्टर हेडल्याम्प’, ‘बम्परमा राखिएका सिल्भर लाइनहरु र ‘क्रोम फिनिस’ले मेरिडियनलाई आधुनिक ‘एसयुभी’को रूप दिएको छ ।
मेरिडियनमा जिपको ‘यु–कनेक्ट’ जडित १०.१ इन्चको टचस्क्रिन, १०.२ इन्चको ‘डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर’, ‘पानोरामिक सनरुफ’, ‘वायरलेस स्मार्ट कनेक्टिभीटी’, ‘वायरलेस फोन चार्जिङ’, ‘डुअल–जोन क्लाइमेट कन्ट्रोल’, ‘भेन्टिलेटेड पावर्ड फ्रन्ट सिट’ र ‘पावर टेलगेट’ लगायतका फिचर रहेकाे कम्पनीले जनाएकाे छ ।
साथै, सुरक्षाका लागि यसमा ६ वटा ‘एअर ब्याग’, ‘३६० डिग्री क्यामेरा’, ‘टायर प्रेसर मनिटरिङ’, ‘ट्रयाक्सन कन्ट्रोल’, ‘इएससी’, ‘हिल–स्टार्ट एन्ड डिसेन्ट कन्ट्रोल’ जस्ता फिचर छन् ।
प्रतिक्रिया दिनुहोस्