नेप्सेमा ४३ अंकको उछाल


काठमाडौं । साताको कारोबारको तेस्रो दिन सेयरबजारमा ४३ अंकको उछाल आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयरमापक सूचक नेप्से परिसूचक ४३.२७ अंकले बढेर १९०७.८९ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमु्हमध्ये सबै उप समुहमा हरियाली छाएको छ ।

बुधबार कारोबार रकमका आधारमा सानिमा जीआईसी इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै कारोबार भएको छ ।
कम्पनीको ४ करोड ४६ लाख ४ हजार ९ सय ३५ रुपैयाँको कारोबार भएको छ ।

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

स्तै बिपीलघुवित्त वित्तीय संस्था लिमिटेड लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

कुल २८६ कम्पनीको ३७ लाख ७२ हजार २३ कित्ता सेयर किनबेच हुँदा ९३ करोड ४८ लाख ९४ हजार २ सय १८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।