अमेरिकी डलर, युरो र पाउण्ड स्टर्लिङको भाउ बढ्यो, यस्तो छ आजको विनिमय दर


काठमाडौं । अमेरिकी डलरसँगै युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ बढेको छ।

हिजो १३३.४८ रुपैयाँमा बिक्री र १३२.८८ रुपैयाँमा खरिद भएको अमेरिकी डलर आज बिक्री दर १३३.५० रुपैयाँ र बिक्री दर १३२.९० रुपैयाँ छ।

यस्तै, १ युरोको बिक्री दर १४१.०३ रुपैयाँ र खरिद दर १४०.४० रुपैयाँ छ। हिजो १ युरोको बिक्री दर १४०.७८ रुपैयाँ र बिक्री दर १४०.१५ रुपैयाँ तोकिएको थियो ।

यस्तै १ पाउण्डको खरिद दर १६१.२८ रुपैयाँ र बिक्री दर १६२.०१ रुपैयाँ पुगेको छ।

साउदी अरबियन रियाल बिक्रीदर ३५.४२ छ भने खरिद दर ३५.५८ छ ।

कतारी रियालको बिक्रीदर ३६.४४ छ भने खरिद दर ३६.६० छ । युएई दिरामको बिक्रीदर ३६.१८ र खरिददर ३६.३५ रहेको छ ।