३ महिनामा रू. ३६ करोड भन्दा बढीको अम्रिसो भारत निर्यात


काठमाडौँ । पछिल्लो ३ महिनामा ३६ करोड रुपैयाँ भन्दा बढीको अम्रिसो भारत निर्यात भएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार ३० लाख ६२ हजार १ सय ९० किलो अम्रिसो भारत निर्यात भएको छ । विभागका अनुसार ३६ करोड ६७ लाख ३५ हजार ७ सय रुपैयाँको अम्रिसो निर्यात भएको हो ।

नेपाल कुचो संघका केन्द्रीय अध्यक्ष राजकुुमार कार्कीका अनुसार मुख्य सिजन माघ फागुन भएपनि पुरानै स्टक रहेको अम्रिसो निर्यात भएको बताए । उनले भने,“सिजन माघ फागुनमा हो । यो पुरानै गएको हो । यस वर्ष निर्यात अझै बढ्छ ”

नेपालमा उत्पादन हुने अम्रिसो मध्ये ३० प्रतिशत आन्तरिक बजारमा खपत हुन्छ भने ७० प्रतिशत भारत निर्यात हुन्छ ।

बंगलादेशमा माग भए पनि कर अत्यधिक भएका कारण निर्यात हुन सकेको छैन ।

अध्यक्ष कार्कीले भने,“ बंगलादेशले ५१ प्रतिशत कर लगाएका कारण निर्यात हुन सकेको छैन तर माग राम्रो छ ।

कुचो बनाउनका लागि अम्रिसो अर्ध तयारी बस्तुका रुपमा भारत निर्यात हुने गरेको छ ।

गत वर्ष मात्रै १ अर्ब बराबरको अम्रिसो निर्यात भएको थियो ।