एसिया छनोटमा नेपालको विजयी सुरुवात, सिंगापुर ८ विकेटले पराजित


काठमाडौँ । टी–२० विश्वकपको एसिया छनोटमा नेपालले सुखद सुरुवात गरेको छ । सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले परिजित गरेको हो ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य घरेलु टोली नेपालले नेपालले कुशल भुर्तेलको अर्धशतकको योगदानमा १६.३ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो । जितसँगै उपाधि दाबेदार नेपालले अंक तालिकामा दुई महत्वपूर्ण अंक जोडेको छ ।

नेपालको जितमा ओपनर कुशल भुर्तेलले ७४ रन योगदान गरे । भुर्तेलले ४८ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ७४ रन बनाए । यसैगरी आसिफ शेखले २७ रन बनाउदा कप्तान रोहित पौडेल ३५ र कुशल मल्ल ६ रनमा नटआउट रहे ।

सिंगापुरका लागि अनन्त कृष्ण र अक्षय पुरीले १/१ विकेट लिए ।