मंगलबार घट्यो सुनको मूल्य


काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ ।

मंगलबार छापावाला सुनको मूल्य एक लाख १६ हजार रुपैयाँ रहेको नेपाल सुन चाँदी ब्यवसाय महासंघले जनाएको छ । यस्तै, तेजावी सुनको मूल्य एक लाख १५ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर तोलामा एक हजार ४२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।