नेपालविरुद्ध टस जितेर मलेसियाले रोज्यो ब्याटिङ


काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालविरुद्धकाे खेलमा मलेसियाले पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा सुरू हुन लागेकाे खेलमा मलेसियाले टस जितेर ब्याटिङ रोज्दै नेपाललाई बलिङको निम्तो दिएको हो ।

पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको नेपाल लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यमा छ ।

पहिलो खेलमा ओमानसँग पराजित भएको मलेसिया नेपाललाइ हराउँदै अगाडी बढ्ने दाउमा छ ।