ओरालो लाग्यो सुनको मूल्य


काठमाडौँ । नेपाली बजारमा आज बुधवार सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार मंगलबार तोलाको एक लाख १६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बुधवार तोलामै एक हजार रुपैयाँ घटेर तोलाको एक लाख १५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख १४ हजार ४५० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

आज चाँदीको मूल्य पनि ह्रातै घटेको छ । आज चाँदी तोलाको ३५ रुपैयाँले घटेर तोलाको १३८५ रुपैयाँमा कारोबार भइरहेको छ ।