खेलाडीलाई डिशहोमको प्राेत्साहन: शतक हाने १० लाख, पाँच विकेट लिनेलाई ५ लाख


काठमाडौँ । इन्टरनेट तथा आईपीटिभी सेवाप्रदायक कम्पनी डिशहोमले टी-२० विश्वकप एसिया छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीहरूलाई विभिन्न पुरस्कार दिने भएको छ ।

सामाजिक सञ्जालमार्फत एक सुचना जारी गर्दै विभिन्न अफरसहित खेलाडीहरूलाई नगद पुरस्कारको घोषणा गरेको छ । एकै खेलमा शतक र पाँच विकेट लिने खेलाडीलाई डिशहोमले सर्वाधिक राशी २० लाख रुपैयाँ दिने भएको छ ।

एक खेलमा शतक प्रहार गर्ने खेलाडीले १० लाख र एक खेलमा पाँच विकेट लिने खेलाडीले पाँच लाख रुपैयाँ दिने डिशहोमले जनाएको छ ।

त्यस्तै अर्धशतक बनाउने खेलाडीले एक लाख, तीन विकेट लिने खेलाडीले एक लाख, कम्तीमा ३५ रन बनाएमा ५० हजार र कम्तीमा तीन क्याच वा स्टम्पिङ गरे ५० हजार रुपैयाँ दिने अफर सार्वजनिक गरेको हो ।