गोदावरीमय जावलाखेल खेलमैदान (फोटो फिचर)


ललितपुरको जावलाखेल चोक नजिकको जावलाखेल खेल मैदानमा यतिबेला भीडभाड बढेको छ । यो भीडभाड गोदावरी फूल मेला अवलोकन गर्न आउने फूलप्रमीहरुको हो ।

मंगलदेखि शुरु भएको मेला आउदो शनिवारसम्म चल्नेछ। मेलामा नयाँ नया प्रजातीका फूल तथा फूलजन्य उत्पादनहरु अवलोकन र खरिद गर्नेहरुको घुँइचो बढेको छ ।

प्रदर्शनीस्थलमा रहेका ७० स्टलहरु घुम्दै अवलोकनकर्ताहरु रमाइरहेका देखिन्छन्। ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ चलिरहेको मेलाको आज (बिहीवार) तेस्रो दिन हो ।

दोस्रो दिनसम्म ११ हजार ४५० जनाले मेला अवलोकन गरेको र करीव २९ लाख २५ बढीले मेला अवलोकन गरेको आयोजक फ्लोरिकल्चर एसोसिएसका अध्यक्ष मीन बहादुर तामाङले बताए ।

प्रदर्शनीमा ४० हजार बढिले प्रत्यक्ष अवलोकन गर्ने साथै एक करोड भन्दा बढीको व्यवसायीक कारोबार हुने अपेक्षा गरिएको आयोजकले जानकारी गराएका छन्।

शब्द तस्बिरः दिपक गाउँले