ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य


काठमाडौं । टी–२० विश्वकप एसिया छनोट खेलमा ओमानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ ।

टीयू क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतीमा १४५ रनको योगफल तयार पारेको हो ।

ओमानका लागि कप्तान जिसन मक्सदले सर्वाधिक ३२ रन बनाउदा नसिम खुसीले २५ रन बनाए ।

बलिङतर्फ नेपालका करण केसीले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले २र२ विकेट लिए।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ ।