भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ सर्वसाधारणको लागि बिक्री खुला


काठमाडोँ । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले सर्वसाधारणलाई आईपीओ निष्काशन बिहीबारदेखि खुला भएको छ ।

कम्पनीले यस अधि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ निष्काशन गरि बाँडफाँट गरिसकेको छ ।

कम्पनीले २० लाख ७५ हजार २८५ कत्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

कम्पनीमा न्यूनतम १० कित्तादेखि अधिकतममा ३ लाख ८० हजार कित्तासम्मको लागि कात्तिक २० गतेसम्म आवेदन दिन सकिने छ । कात्तिक २० गतेसम्म पर्याप्त आवेदन नपरेको खण्डमा मंसिर १ गतेसम्म आवेदन दिन सकिने छ ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।