आईसीसी टी–२० विश्वकप एसिया छनोट फाइनल अन्तर्गतको सेमिफाइनल सुरु


काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया छनोट फाइनल अन्तर्गतको सेमिफाइनल सुरु भएको छ । नेपालले टस हारेर व्याटिङ्को निम्तो पाएको छ ।

मुलपानी क्रिकेट मैदानमा भइरहेको खेलमा यूएईले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।

युएईले ब्याटिङ् रोजेपछि नेपालले पहिले बलिङ गर्न लागेको हो । आजको खेल जित्ने टिमले आगामी वर्ष वेष्ट इण्डिज र अमेरिकामा हुने टी–२० विश्वकपमा स्थान पक्का गर्नेछ ।

नेपालले युएईलाई पराजित गरे सन् २०१४ पछि टि-ट्वान्टी विश्वकप खेमा छनौट हुने छ ।

यसअघि सन् २०२२ फेब्रुअरीमा यूएईकै घरेलु मैदानमा यूएईसँग पराजित हुँदा नेपालले विश्वकप खेल्ने अवसर गुमाएको थियो ।