आजबाट तिहारलक्षित सुनका असर्फी र चाँदिका मेडालियन विक्री खुला


काठमाडौँ। आजदेखि तिहारका लागि लक्षित गरेर सुनका असर्फी र चाँदिका (मेडालियन) सिक्का विक्री गरिने भएको छ । नेपाल राष्ट्र बैंकले बबरमलस्थित टक्सार महाशाखाबाट कात्तिक २४ गतेसम्म सर्वसाधारणका लागि खरिदकाे व्यवस्था गरकाे हाे।

तिहारमा हुने मागलाई मध्यनजर गरेर प्रयाप्त मौज्दातसहित विक्री खुला गरिएको टक्सार महाशाखाले जनाएको छ । सुनका असर्फी १० ग्राम, ५ ग्राम र २.५ ग्रामको हुनेछन् भने चाँदिको मेडालियन १२५ ग्राम र १० ग्रामका रहेका छन्।

सुनको असर्फीको मूल्य हरेक दिन विहान ११ बजे प्रकाशित हुनेछ भने २५ ग्रामको चाँदिको मेडालियनको मूल्य ४ हजार र १० ग्रामको १ हजार ६०० रुपैयाँ तोकिएको छ।