भूकम्पबाट प्रभावित जनताको लागि सिबिफिनले १० लाख रुपैयाँ उपलब्ध गराउने


काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले भुकम्पबाट प्रभावित जनताको लागि रु. १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ ।

मिति २०८० कार्तिक १७ गते, शुक्रबारको राति ११ः४७ बजेको मध्यरातमा जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भुकम्प गएको थियो । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिम जिल्लामा जनधनको क्षति भएको थियो । यस घटनाप्रति सिबिफिनले दुःख व्यक्त गरेको छ ।

भूकम्पको भयावह अवस्थाबाट गुज्रिरहेका सम्बन्धित क्षेत्रका आम जनताको तत्काल खोज, उद्धार, घाईतेहरुको आवश्यक औषधोपचार र राहतसहित सुरक्षित पुर्नस्थापनामा सहयोग पुगोस् भन्ने हेतुले सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय निकायमार्फत सिबिफिनले तत्कालका लागि रु. १० लाख रुपैया आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको हो ।

सिबिफिनले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग सम्पर्क गरी प्रभावित जनताको वस्तुस्थितिको वारेमा जानकारी लिएकोमा तत्काल खाद्यान्य, औषधोपचार, न्याना लत्ताकपडासहितको बसोबास अत्यावश्यक रहेको जानकारी प्राप्त भएकोले उल्लेखित राहत सामाग्री जुटाउने र सम्बन्धित क्षेत्रमा पु¥याउने पवित्र मानवीय सेवाको कार्यमा सहयोगी हात अगाडि बढाउनुहुन सम्बन्धित प्रदेश÷जिल्ला तथा स्थानीय निकायहरुमा संचालित सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुमा आग्रह गरेको छ ।