एमडीएमएसमा दर्ता नभएका माेबाइल आज राति ९ बजेदेखि नचल्ने, सुरूमा फ्ल्यागसिप फाेन बन्द गरिने


काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले दर्ता नभएका माेबाइल फाेन आजबाट नचल्ने जनाएकाे छ। सोमवार राति ९ बजेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याइउने भएकाे हाे।

प्राधिकरणले सुरूकाे चरणमा महङ्गा फाेन बन्द गर्ने जनाएकाे छ । प्रणालीमा दर्ता नभएका फ्यागसिप सिरिजका दर्ता नभएका स्मार्ट फाेन आजैदेखि अवरुद्ध हुनेछन् भने अन्य फाेन पनि विस्तारै चल्ने छैनन्।

एमडीएमएस प्रणाली कार्यान्वयनकाे पहिलाे दिन साेमवार आइफाेनका पछिल्लाे उत्पादन आईफोन १५ सिरिज प्राधिकरणकाे नजरमा परेका छन् ।

करीब २ हजार ५०० स्मार्टफोन एमडीएमएसमा दर्ता नभई सञ्चालनमा रहेको प्राधिकरणकाे तथ्यांक छ, यि फाेन दिनभर दर्ता नभएमा रातिदेखि सिम चल्ने छैनन्।

पटक पटक एमडीएमएस प्रणाली लागू गर्न लागि परेकाे प्राधिकरणले परिक्षण रूपमाा यसअघि याे नियम कार्यान्वयनमा ल्याए पनि पूर्ण कार्यान्वयनमा भने साेमवार (कात्तिक १९ ) बाट ल्याउने निष्कर्षमा पुगकाे हाे ।

गत ४ कात्तिकमा एक सूचना निकाल्दै एमडीएमएसमा दर्ता नभएका मोबाइल १५ दिनपछि नचल्ने जानकारी गराइएकाे थियाे।

प्रणालीमा दर्ता गरेर मात्र फाेन चलाउन प्राधिकरणले अनुराेध गरेकाे छ ।