ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा पोखरेल


काठमाडौं । ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सुमन पोखरेल नियुक्त भएका छन् । आइतबार बसेको बैंकको सञ्चालक समितिको बैठककाे निर्यण अनुरूप पाेखरेलले साेमवार कार्यभार सम्हालेका छन् ।

व्यवस्थापनमा स्नातकोत्तर पाेखरेल वित्तीय संस्थाहरुको दीर्घकालीन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा कुशल व्यवस्थापकीय नेतृत्व रहेकाे व्यक्तिका रूपमा रुपमा स्थापित छन्।

पाेखरेलले नेतृत्व गरेकाे पहिलाे रेमिट्यान्स कम्पनी आइएमइ रेमिट्यान्स क्षेत्रमा स्थापित कम्पनी हाे । नवनियुक्त नायव प्रमुख कार्यकारी अधिकृत पोखरेलले नेपालको सबैभन्दा ठुलो बैंकमा पुनः आवद्ध भएर काम गर्ने अवसर प्राप्त गरेकोमा खुशी व्यक्त गर्दै बैंकलाई थप सबल र सुदृढ बनाउन आफ्नो भुमिका रहने बताए। 

ग्लोबल आइएमई बैंक मुलुकका ७७३५० शाखा, ३६९ एटीएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरुमाझ सेवा प्रदान गरिरहेको छ ।