बुद्ध एयरले गर्‍यो १५ सय किलो राहत सामग्री निशुल्क ढुवानी


काठमाडौँ । भूकम्प प्रभावित क्षेत्रका लागि बुद्ध एयरले १ हजार ५४८ किलो राहत सामग्री ढुवानी गरेको छ ।

भूकम्प प्रभावित जाजरकोट र रुकुमका लागि काठमाडौँबाट नेपालगञ्ज र सुर्खेतमा पुर्याएको जनाएको छ । कुल ६५२ किलो नेपालगञ्ज र सुर्खेततर्फ ८९६ केजीको राहत सामग्री ढुवानी पनि निःशुल्क सहयोग गरेको बुद्ध इयरले जनाएको छ।

कम्पनीले यसअघि बुद्ध एयर परिवारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एक करोड रुपैया सहयोगको घोषणा गरिसकेको छ ।