सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घट्यो


काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । बिहीबार बजारमा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेर कारोबार भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

महासंकाअनुसार छापावाला सुन प्रतितोला १ लाख १३ हजार ७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १३ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै हिजो बुधबार पनि प्रतितोला १ हजार रुपैयाँले घटेर छापावाला सुन १ लाख १४ हजार ७०० रुपैयाँमा र तेजावी सुन १ लाख १४ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको

चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।