पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गर्ने सरकारको निर्णय, शनिल नेपाल राजदूत नियुक्त


काठमाडौँ । सरकारले पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गर्ने निर्णय गर्दै राजदूत नियुक्त गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले पोर्चुगलमा राजदूतावास स्थापना गर्ने निर्णय गर्दै शनिल नेपाललाई राजदूत नियुक्त गरेको

हो । लामो समयदेखि पोर्चुगलमा राजदूतावास स्थापनाको माग उठ्दै आएको थियो ।

सरकारले पछिल्लो समय १० हजार भन्दा बढी नेपाली रहेको ठाउँमा दूतावास स्थापना गर्न सकिने निर्णय गरेको थियो ।