चितवनसहित ३ वटा क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्ने निर्णय


काठमाडौँ । सरकारले तीन क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रीपरिषद् बैठकले मोरङको विराटनगर, काठमाडौंको मूलपानी र चितवनको भरतपुर क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरव आयोजनाको रुपमा अघि बढाउन व्यवस्था मिलाउने निर्णय गरेको हो ।