टाटा प्यासेन्जर भेहिकलको नयाँ वर्कसप कपनमा


काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्गले काठमाडौँको कपनमा टाटा मोटर्स पेसेन्जर सेग्मेन्टका गाडीहरुलाई लक्षित गर्दै नयाँ वर्कशप सञ्चालनमा ल्याएको छ ।

करिब ११ हजार ८८० वर्ग मिटर क्षेत्रफलमा फैलिएको उक्त वर्कशपको उद्घाटन सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोर्टस पेसेन्जर भेहिकल इन्टरनेशनल बिजनेस हेड मायाङ्क बल्डिले गरे ।

नयाँ वर्कशपमा पेसेन्जर सेग्मेन्टका गाडीहरूको हरेक पार्टपुर्जाको (इन्जिन, चक्का, सस्पेन्सन, एसी, आदी) मर्मत संभार लगायत डेन्ट पेन्टको पनि सुविधा रहेको छ ।

उक्त उद्घाटन समारोहमा बोल्दै टाटा मोर्टस पेसेन्जर भेहिकल इन्टरनेशनल बिजनेस हेड मायांक बल्डिले भने, “पछिल्लो समय नेपालमा टाटा मोटर्सको पेसेन्जर गाडीहरू ग्राहकहरूको नम्बर १ रोजाईमा पर्न सफल भएका छन्।”

यस्तै विशेषतः विद्युतीय गाडीको .(इभी) चेकजाँचको लागि विशेषज्ञ प्राविधिकहरूको व्यवस्था गरिएको छ । यस्तो व्यवस्था अन्तर्गत ३० किलोवाट क्षमताको डिसी फास्ट चार्जिङ्ग स्टेसन, चारवटा ७.२ किलोवाट क्षमताको एसी फास्ट चार्जिङ्ग स्टेसन र आठवटा ३.३ किलोवाट क्षमताको एसी स्लो स्टेसन रहेका छन् ।