रेमिट्यान्स आप्रवाह ३० प्रतिशतले बढ्यो


काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स आप्रवाह ३० प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्रबैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार पछिल्लो ३ महिनामा रेमिट्यान्स ३० प्रतिशतले बढेर ३६५ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।

गत वर्ष सोही अवधिमा रेमिट्यान्स आप्रवाह १६.८ प्रतिशतले बढेको राष्ट्रबैंकले जनाएको छ ।

अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २५.९ प्रतिशतले वृद्धि भई २ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्ष सोही अवधीमा यस्तो आप्रवाह ७.९ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ११३,३९७ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४९,२९७ रहेकोछ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १४७,९३२ र ५७,८६१ रहेकोथियो ।