सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी घट्दो


काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी घट्दो क्रममा देखिएको छ । पछिल्लो १२ वर्षको तथ्याङ्क हेर्ने हो भने पछिल्ला तीन वर्षमा उजुरीको संख्या घटेको देखिएको हो ।

विभागको तथ्याङ्क अनुसार २०६६/०६७ पछि सबैभन्दा धेरै उजुरी आर्थिक वर्ष २०७५/०७६ मा ३२७ वटा उजुरी परेको छ जुन १२ वर्षको अवधिमा सबैभन्दा धेरै उजुरी हो ।

२०७५/०७६ पछि भने क्रमशः घट्दै गएको छ । २०७६/०७७ मा २५१ उजुरी परेको छ भने २०७७७/०७८ मा २ सय ५० वटा उजुरी परेको छ ।

२०७८/०७९ मा यो संख्या ह्वात्तै घटेर १३६ मा पुगेको छ ।

विभाग स्थापना भएदेखि २०७८/०७९ को अवधिमा २ हजार ५ सय ५२ वटा उजुरी दर्ता भएको छ । जसमा सबैभन्दा कम उजुरी आव २०६६/०६७ मा परेको छ ।

उजुरीमा व्यक्तित सेत र वित्तीय जानकारी इकाईको स्रोतको हिस्सा बढी छ ।

सबैभन्दा बढी उजुरी परेको आर्थिक वर्ष २०७५/०७६ मा व्यक्ति स्रोतबाट १८७ वटा र वित्तीय जानकारी इकाईबाट ८४ वटा परेको छ ।

अन्य सम्बन्धित निकायबाट ४८ वटा उजुरी दर्ता भएका छन् । विभागको आफ्नै स्रोत भने जम्मा ८ वटा मात्रै छ ।

विभागले सूचक संस्थाको आन्तरिक सबलीकरण,जोखिम पहिचान तथा व्यवस्थापन, अनुगमन तथा शङ्कास्पद कारोबारको पहिचान एवं प्रतिवेदन प्रणालीलाई व्यवस्थित तुल्याउन नसकिएको कार्यसम्पादन प्रतिवेदन २०७९ मा उल्लेख गरेको छ ।

विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याएको वर्ष उजुरी दर्ता बढे पनि अर्को आर्थिक वर्षपछि भने त्यसपछि भने विस्तारै घट्दै गएको देखिएको छ ।