हिमालयन लाइफ इन्स्योरेन्सको मुनाफा २४ करोड माथि


काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको मुनाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३५ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीले पहिलो त्रैमासमा २४ करोड १३ लाख रुपैयाँ मुनाफा कमाएको छ ।

गत वर्ष सोही अवधीमा कम्पनीले १७ करोड ८३ लाख रुपैयाँ कमाएको थियो । चालु आर्थिक वर्षको मुनाफा गत वर्ष सोही अवधिको तुलनामा ३५.३८ प्रतिशतले बढी हो ।

गत वर्ष कम्पनीको कुल आम्दानी ५ अर्ब १७ करोड थियो भने चालु आर्थिक वर्षमा कम्पनीको आम्दानी १२.८१ प्रतिशतले बढेर ५ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी १२.०४ रुपैयाँ भने प्रतिशेयर नेटवर्थ १२१।६२ रुपैयाँ रहेको छ ।