आज १९ औँ राष्ट्रिय कफी दिवस, नयाँ न्युनतम समर्थन मूल्य सार्वजनिक


काठमाडौँ । आज आज १९ औँ राष्ट्रिय कफी दिवस । सधैँ झै सरकारले कफीको नयाँ न्युनतम समर्थन मूल्य लागू गरेकोछ । 

नेपालमा सार्वजनिक विदाको बिचमा परेकाले सरकारी तर्फबाट औपचारिक कार्यक्रम भने गरिएको छैन। यस क्षेत्रका सरोकारवालाले शुभकामना आदानप्रदान गर्दै यो दिवस मनाएका छन्। 

यो वर्षको कफी दिवसको नारा ‘कफीको क्षेत्रको प्रवर्द्धन र संरक्षण, दिगो उत्पादनमा महिला र युवालाई प्रोत्साहन’ तय गरिएको छ । 

वि.सं. १९९५ सालमा हिरा गिरीले बर्माबाट ल्याएको कफीको वीउ गुल्मीको आँपचौरमा रोपण गरे पछि नेपालमा कफी खेती सुरूवात भएको मानिन्छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले शुक्रवार (मंसिर १) देखि लागू हुने गरी विभिन्न ग्रेड अनुसार कफीको न्युनतम समर्थन मूल्य सार्वजनिक गरेको छ।  

यस्तो छ नयाँ न्युनतम समर्थन मूल्य

बोर्डले सार्वजनिक गरेको मूल्य सूची अनुसार अनुसार फ्रेस चेरी ग्रेड एको कफीको मूल्य प्रतिकिलो रु एक सय तोकिएको छ। ग्रेड बीको मूल्य प्रतिकिलो रु ९० तोकिएको छ। 

बोर्डले निर्धारण गरेको मापदण्ड अनुसारड सय मिटरभन्दा माथि, प्राङ्गारिक पद्धती अपनाएर उत्पादन गरिएको, ठिक्क पाकेको, पानीमा राख्दा डुब्ने, केलाएर छानिएको चेरीलार्इ ग्रेड ए मानिन्छ भने ए बाहेकका सबै ग्रेड बी हुन्। 

पार्चमेन्ट कफी अन्तर्गत ग्रेड ए को मूल्य प्रतिकिलो पाँच सय र ग्रेड बीको चार सय ५० निर्धारण गरिएको छ। ग्रेड ए गुणस्तरको फ्रेस चेरीबाट उत्पादन भएको, पानीमा राख्दा डुब्ने, ११ प्रतिशत चिस्यान भएको कफी पार्चमेन्टलार्इ ग्रेड ए मानिन्छ । ग्रेड बी गुणस्तरको कफीबाट उत्पादन भएको पार्चमेन्टलार्इ ग्रेड बी मान्छि । 

ड्राइ चेरी कफीमा ग्रेड एको प्रतिकिलो र्दुइ सय र ग्रेड बीको दुई सय ५० तोकिएको छ । ग्रेड ए गुणस्तरको फ्रेस चेरीबाट उत्पादित ड्राइ चेरीलाई ग्रेड ए र बी गुणस्तरको फ्रेस चेरीबाट उत्पादन भएकोलाई बी ड्राइ चेरी मानिन्छ।