तेह्रथुममा हुने फुटबल प्रतियोगिताका लागि महासचिव थापाले पुरस्कारका लागि रू. १ लाख ५० हजार सहयोग गर्ने


काठमाडौँ । अखिल नेपाल किसान महासंघका महासचिव बाबुराम थापाले गृह जिल्ला तेह्रथुममा हुने फुटबल प्रतियोगिताका लागि प्रथम पुरस्कारको प्रायोजन गर्ने भएका छन् ।

दिपावली मेला–२०८० अन्तर्गत मङ्सिर २ गतेदेखि ८ गतेसम्म हुने बृहत खेलकुद तथा सांस्कृतिक महोत्सव अन्तर्गत भगवती कप तथा पदम बहादुर थापा स्मृति रनिङ कप खुल्ला पुरुष फुटबल प्रतियोगितामा दिइने प्रथम पुरस्कार रकम प्रायोजन गर्ने भएका हुन् ।

४१ वर्ष देखि निरन्तर हुँदै आएको दिपावली मेला यस वर्ष आठराई गापा–५, छातेढुङ्गामा रहेको श्री पोखरी माविको खेल मैदानमा हुँदैछ ।

प्रथम हुने पुरस्कारको राशी १ लाख ५० हजार रुपैयाँ रहेको छ ।

खेलकुद क्षेत्रमा लागेका युवाहरूमा हौसला प्रदान होस् भन्ने हेतुले आफुले सहयोग गर्दै आएको थापाले बताए । यसअघि पनि महासचिव थापाले पुरस्कार रकममा सहयोग गरेका थिए ।

उनी नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य समेत हुन् ।

मेला अन्तर्गत भगवती कप तथा पदम बहादुर थापा स्मृति रनिङ कप खुल्ला पुरुष फुटबल प्रतियोगिताका साथै पालिकास्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगिता, खुल्ला महिला भलिबल प्रतियोगिता, खुल्ला महिला फुटबल प्रतियोगिता, चेश प्रतियोगिता, रेटिङ् टुर्नामेन्ट, ब्याडमिन्टन पुरुष तथा महिला, धान नाच प्रतियोगिता संस्थागत हुनेछन् ।