लुम्बिनी प्रदेशका ४ जिल्लामा आज पनि सार्वजनिक बिदा


काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रदेशका ४ जिल्लामा आज पनि छठ पर्वको सार्वजनिक बिदा दिइएको छ ।

लुम्बिनी प्रदेश सरकारले मंसिर ४ गते छठ समापनको अवसरमा लुम्बिनीका ४ जिल्लामा आज पनि सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

गत शुक्रबार एक सुचना जारी गर्दै नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँके जिल्लामा मंसिर ४ गते सोमबार छठ पर्व समापनको अवसरमा सार्वजनिक बिदा दिइएको जनाएको छ ।