दुरसञ्चार प्राधिकरणले भन्यो : टिकटक चलेको थाहा पाए खबर गर्नु


काठमाडौँ । नेपाल दुरसञ्चार प्राधिकरणले टिकटक प्रयोग भएको पाइएमा प्रधिकरणमा जानकारी गराउन अनुरोध गरेको छ ।

सामाजिक संजालका रुपमा प्रयोग भइरहेको टिकटकमा माध्यमबाट सामाजिक सद्भाव तथा सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको भन्दै सरकारले नेपालमा तत्कालका लागि टिकटक रोक लगाउने निर्णय भएको थियो ।

सरकारले प्रतिबन्ध लगाएपछि दूरसञ्चारले उक्त निर्णय कार्यान्वयन गराएको छ । नेपालमा अझै पनि टिकटकको प्रयोग भइरहेको हुनसक्ने भन्दै प्राधिकरणले सोबारे  [email protected] खबर गर्न अनुरोध गरेको हो।