आचार्य समाजले दियो सिआईबीमा निबेदन, जुत्तामा आचार्य लेख्ने कम्पनीलाई कारबाहीकाे माग


काठमाडौँ । जुत्तामा आचार्य लेखिएको प्रति आपत्ती जनाउँदै आचार्य बन्धु समाज नेपालले नेपाल प्रहरीको केन्द्रीय अनुसंधान ब्यूरो (सिआईबी) मा निबेदन दिएको छ । कम्पनीलाई अनुसन्धान गरी कारबाही गर्न माग गर्दै समाजले ब्यूरोमा निबेदन दिएको हो ।

आचार्य बन्धु समाज नेपालका केन्द्रीय अध्यक्ष बाबुराम आचार्य र महासचिव शुभनराज आचार्यको टोलीले महाराजगञ्जमा रहेको केन्द्रीय अनुसंधान ब्यूरोको कार्यालयमा गएर निवेदन दर्ता गराएका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरोका डिआइजी दिनेश आचार्यले साईबर ब्यूरोमा अनुसन्धानका लागि पठाईने र प्रहरीले आफ्नो अधिकार अनुसार दोषीलाई कारबाही गरिने बताए ।

केहीदिन अगाडीको आचार्य बन्धु समाज नेपालको केन्द्रीय समिति बैठकले जुत्ता कम्पनीबिरुद्धमा सिआईबीमा निबेदन दिने निर्णय गरेको थियो ।