ज्योति विकास बैंकको कामु सीईओमा ढकाल


काठमाडौँ । ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) श्रीचन्द्र भट्टले राजीनामा दिएपछि बैंकको कायममुकायम सिईओको जिम्मेवारी कपिल ढकाललाई दिइएको छ ।

बैंकको नायब प्रमुख कार्यकारी अधिकृत रहेका ढकाललाई मंसिर ४ गतेदेखि लागु हुने गरी कामु सीइओ नियुक्त गरिएको हो ।

सिईओ भट्टले दिएको राजीनामा बैंकको मंसिर ३ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको थियो ।