नेप्से परिसूचक २३ अंकले घट्यो, कारोबार रकम १ अर्ब मुनि


काठमाडौं । साताको कारोबारको तेस्रो दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्स (नेप्से)का अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक २३.८२ अंकले घटेर १८२९.६५ अंकमा पुगेको छ ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि ४.४२ अंकले घटेर ३५२.०५ अंकमा पुगेको छ ।

मंगलबार नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये १२ उपसमुहको सेयर घटेको छ भने बाँकी एउटा उपसमु्हको सेयर बढेको छ ।

आज कारोबार रकमका आधारमा हिमालयन डिष्टिलरी लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ ।

मंगलबार नेप्सेमा मेन्छियम हाइड्रो पावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ८ प्रतिशतले बढेको छ ।

त्यस्तै आजको दिन माथिल्लो मैलुङखोला जलविद्युत् आयोजना लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९४ प्रतिशतले घटेको छ ।

कुल २८५ कम्पनीको ३६ लाख ७५ हजार १ सय १ कित्ता सेयर किनबेच हुँदा ९५ करोड ४ लाख ७९ हजार ५ सय ८३ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।